कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन

कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाडाैँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ।

फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो। एपिएफले दिएको एक सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय तीन रन मात्र बनाउन सक्यो।

कोशीका लागि  कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रनको योगदान दिइन्। बलिङतर्फ एपिएफकी कप्तान सीता रानामगर र करुणा भण्डारीले समान एक–एक विकेट लिए।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनायो। एपिएफका लागि इन्दु बर्माले ५३ रन बनाइन्। बलिङतर्फ कोशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् भने एलिशा खडियाले दुई विकेट लिइन्।