घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला
रुकुम पूर्व । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वद्वारा सोमबार विगतका वर्षहरूमा सीप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला आयोजना गरिएको छ । कार्यक्रम रुकुमकोटस्थित होटल मल्लमा आयोजना गरिएको हो ।
विगतमा तालिम प्राप्त गरेका सहभागीहरू हाल कहाँ र के गर्दै छन् भन्ने अवस्थाको जानकारी लिन तथा उनीहरूलाई थप व्यवसायिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सन्तोष मल्लले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमले सहभागीहरूलाई व्यवसायिक योजना निर्माणमा समेत सहयोग पुर्याउनेछ । साथै, कार्यक्रममार्फत अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा डा. रामबहादुर राउतले “कसरी बदल्छौं जीवन” विषयमा आफ्नो अनुभव र प्रस्तुतीसहित सहभागीहरूसँग अन्तर्क्रिया गर्दै प्रशिक्षण दिएका छन् । उनले तालिम र प्रशिक्षणमार्फत व्यक्तिको जीवन मात्र नभई समग्र जिल्लाको अर्थतन्त्र सुधार गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
उनले व्यवसायमा वातावरण, शिक्षा र परिवेशभन्दा पनि सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सोचकै माध्यमबाट परिवर्तन सम्भव हुने बताए । उनका अनुसार सोचले विचार जन्माउँछ, विचारले काम, कामले परिणाम, परिणामले प्रभाव र प्रभावले जीवन परिवर्तन गर्न सक्छ ।
कार्यक्रम घरेलु तथा साना उद्योग विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख भोला प्रसाद शर्माको अध्यक्षतामा सुरु भएको थियो भने डा. रामबहादुर राउतकोे प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा कार्यालयका नायब सुब्बा सन्तोष मल्ल, सहजकर्ता तारादेवी पुन, रेडियो पूर्वी रुकुमका पत्रकार बिरस थापा, मूलपाना डटकम मिडियाका सञ्चालक किस्मत शेर्पाली लगायत विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।




लेखकको सम्वन्धमा