माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउँदै

माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउँदै

रास्वपा सांसद माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउने कार्यक्रम तय भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्दा रुकुम पूर्वको जिम्मेवारी पाउनुभएकी माननीय रिमा विश्वकर्मा जिल्लाको विकास निर्माण, सुशासन तथा जनचासोका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पहिलोपटक रुकुम पूर्व आउने कार्यक्रम तय भएको हो । रास्वपा रुकुम पूर्वका अनुसार समग्र रुकुम पूर्वको विकास, सुशासन, सेवा प्रवाह तथा नागरिक सरोकारका विषयमा सांसद विश्वकर्मासँग प्रत्यक्ष छलफल गरिने बताइएको छ । निर्धारित कार्यक्रमअनुसार भोलि जेठ २१ गते बिहान १०ः३० बजे भूमे गाउँपालिकाको वडा नम्बर २ खाबाङबगरमा दिउँसो ४ः३० बजे पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १० तकमा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ भने पर्सि २२ गते बिहान १० बजे सिस्ने गाउँपालिकाको कार्यालयमा अर्को कार्यक्रम आयोजना गरिनेछ ।