काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागले स्नातकत्तोरमा पाँच जनालाई छात्रवृत्ति दिने भएको छ । विभागमा विद्यार्थीको संख्या न्यून भएपछि छात्रवृत्ति दिन लागिएको हो । ‘मेरिट र कक्षा क्रियाशीलताको आधारमा ५ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेका छौँ,’ विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले भने । उनका अनुसार विभागमै अध्ययन गर्ने विद्यार्थीले मात्र छात्रवृत्ति पाउने छन्…
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउन थालेको छ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गर्ने बताएपछि चासो झन् बढेको छ । उपकुलपतिका लागि कांग्रेस, माओवादी केन्द्रनिकट केही प्राध्यापकहरूले पनि चासो राख्न थालेका छन् । उनीहरूले विभिन्न राजनीतिक समूह र सूत्र समातेर लबिङ अगाडि बढाएका छन् ।…

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थी दीक्षित भएका हुन् । त्रिविको ६१ औँ ग्रेसलिष्टमा परेका ७४ हजार सातसय ४९ विद्यार्थीमध्ये यसपटक १२…