अखिल क्रान्तिकारीले रुकुम ‘लाल किल्ला’ भनेर पुन: पुष्टि गर्यो: उपाध्यक्ष पुन
काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने असली हकदार अखिल (क्रान्तिकारी) रहेको उपाध्यक्ष सन्दिप पुनले रुकुम (पूर्व)ले पुन माओवादीको लालकिल्ला पुष्टि गरेका दाबी गरेका छन ।
रुकुम (पूर्व)को एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)को प्यानल विजय र्यालीपछीको कोणसभालाई सम्वोधन गर्दै उक्त दाबी गरेका हुन ।
उपाध्यक्ष पुनले भने: कलम र तारा अंकित रक्तरन्जित झण्डा फहराएर देशव्यापी सन्देश प्रवाह गरेको छ । रुकुम हिजो पनि माओवादीको लालकिल्ला थियो, आज पनि छ र भोली पनि रहिरहने छ ।
उपध्यक्ष पुनले नवनिर्वाचित अध्यक्ष अम्मर खत्री, सचिव विशाल घर्ती मगर, कोषाध्यक्ष अनुपा विकलगाएत टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन ।




लेखकको सम्वन्धमा