प्रहरीद्वारा सिस्ने–१ मा अफिम फडानी
१७ वैशाख, रुकुम पूर्व । सिस्ने गाउँपालिका–१ मा प्रहरीले लागूऔषध नियन्त्रणको क्रममा अफिमका बोटहरू नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको टोलीले विभिन्न स्थानका ठूलो क्षेत्रफलमा लगाइएका अफिमका बोटहरू नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार सिस्ने–१ को करिब ८० रोपनी जग्गामा रहेका अफिमका बोटहरू नष्ट गरिएको हो ।
प्रहरी निरीक्षक न्यौपानेका अनुसार यस्ता अवैध गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइनेछ।




लेखकको सम्वन्धमा