मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा
किरूकुम पूर्व । रूकुम पूर्व र बागलुङको सीमाना क्षेत्रमा हिमपातका कारण अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ । शुक्रबार परेको भारी हिमपातले सडकमा बाक्लो हिउँ जम्दा सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए ।
शनिबार भूमे गाउँपालिकाले जेसीबी प्रयोग गरी हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमका अनुसार हाल मार्ग पूर्ण रूपमा सुचारु रहेको छ ।
उक्त क्षेत्रमा हरेक वर्ष हिमपातका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ ।




प्रतिकृया दिनुहोस्