रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्मा उजुरी परेको छ।
आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।
उनले सहकारीबाट रवि लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रुपैयाँ हालिएको भन्दै यसको पनि छानबिन हुनुपर्ने बताएका छन्।
‘…अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएको छ’, सफलले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।





लेखकको सम्वन्धमा