काठमाडौं । बंगलादेशले यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आईतबार फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उमेर समूहको प्रतियोगिताको उपाधि हात पारेको हो । सुरुवाती ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आसिकुर रहमान सिबलीको १ सय २९ रनको शतकिय इनिङ्समा अरिफुल इस्लामले…