राप्ती साहित्य परिषद् रुकुम पूर्वद्धारा साधारण सभा आयोजना

राप्ती साहित्य परिषद् रुकुम पूर्वद्धारा साधारण सभा आयोजना

रुकुम पूर्व । विगतका वर्षहरुमा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको राप्ती साहित्य परिषद् जिल्ला कार्यसमिति रुकुम पूर्वले यही चैत २८ गते जिल्ला सदरमुकाम रुकुमकोटमा सातौँ साधारण सभा तथा कविता वाचन प्रतियोगिता आयोजना गरेको छ ।

राप्ती साहित्य परिषद्को केन्द्रीय कार्यालय घोराही, दाङले प्रत्येक जिल्ला कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्देशन बमोजिम कविता बाचन प्रतियोगिता सहित सभा सम्पन्न गर्ने तयारी गरिएको परिषद्की जिल्ला अध्यक्ष जमुना गौतमले बताए ।

गौतमका अनुसार “भाषा, साहित्य, कला र संस्कृति: जीवन गजतको समृद्धि” नारा सहित वार्षिक साधारण सभा कार्यक्रम भव्य बनाउने उदेश्य रहेको छ । कार्यक्रम बिहान १० बजे देखि सुरु हुने बताइएको छ । भने परिषद्ले विगतका वर्षझै यस वर्ष पनि “महफिल” कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।