विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ। नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो।

सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो।

अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ।

किरिबाटीबाट सुरु भएको नयाँ वर्षको उत्सव अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड हुँदै चीनसम्म गरिसकिएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।