सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति शिल्ड जनता मावि पोखरालाई

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति शिल्ड जनता मावि पोखरालाई

रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड जनता मावि पोखराले जितेको छ ।
सिस्ने गाउँ  पालिका भित्रका ९ वटा विद्यालयलाई पछि पार्दै जनता माविले शिल्ड उचालेको हो ।
१४ स्वर्ण, आठ रजत तीन ३ कांस्य गरी जम्मा २५ पदक सहित जनता मावि पोखराले शिल्ड हात पारेको  हो ।
त्यस्तै ९ स्वर्ण, १० रजत र पाँच कांस्य गरी २४ पदक प्राप्त गरेर  रुक्मिणी मावि दोस्रो तथा २ स्वर्ण, सात रजत र ६ कांस्य गरी १२ पदक जितेर  त्रिभुवन मावि तेस्रो भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मङ्गलसिंह बुढाले जानकारी दिनुभयो ।
माघ २१ गते देखी जनता मावि पोखराको खेल मैदानमा सञ्चालन भएको शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि तीन हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका स्पर्धामा छात्र, छात्राले प्रतिस्पर्धा गरेका थिए । शिल्ड बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।