चिसोबाट बच्ने ७ उपाय
नाक बन्द हुनु, आँखामा पानी बग्नु, घाँटी दुख्नुलगायत चिसोका लक्षणसँग सबै परिचित छन्। यसलाई चाँडै रोक्ने ७ तरिकाहरू यसप्रकार छन्:
१) आफ्नो हेरचाह गर्नुहोस्
—अध्ययनहरूले सुझाव दिन्छन कि सक्रिय रहनुले श्वासप्रश्वासको संक्रमणलाई रोक्न मद्दत गर्दछ। तर धुम्रपान त्याग्नु, जाँडरक्सीको सेवन कम गर्नु र स्वस्थ आहारमा विशेष ध्यान राख्नाले पनि यसलाई रोक्न थप बल दिन्छ। एडिनबर्ग नेपियर युनिभर्सिटीका इम्युनोलोजी र इन्फेक्सनका एसोसिएट प्रोफेसर पिटर बार्लो भन्छन्, ‘प्रशस्त व्यायाम, राम्रो पोषण तथा आफैलाई फिट र स्वस्थ राख्नाले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।’
२) पर्याप्त सुत्नुहोस्
—युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका मनोचिकित्साका सह—प्राध्यापक एरिक प्राथर भन्छन्, ‘निद्रा स्वास्थ्यको लागि महत्वपूर्ण छ।’
२०१३ मा प्रकाशित एक अध्ययनमा प्राथर र उनका सहकर्मीहरूले १६४ जना व्यक्तिहरूलाई स्लिप ट्र्याकरहरू र निद्रा डायरीहरू उपलब्ध गराए, उनीहरूलाई सामान्य रुघाखोकी लागेपछि निगरानीको लागि होटलमा क्वारेन्टाइनमा राखे। उमेर, लिंग, धुम्रपान गर्ने बानी र मदिरा सेवन लगायतका कारकहरूलाई ध्यानमा राखेर टोलीले बिरामी पर्नको लागि निद्राको कारक रहेको पत्ता लगायो। प्राथर भन्छन्, ‘हामीले औसतमा छ घण्टाभन्दा कम सुत्ने मानिसहरूलाई सात घण्टाभन्दा बढी सुत्ने मानिसहरूको तुलनामा चार गुणा बढी रुघाखोकी लाग्ने सम्भावना फेला पार्यौँ।’
३) हात धुने बानी गर्नुहोस्
—संसारमा लगभग १६० प्रकारका राइनोभाइरसहरू छन्, जुन धेरैजसो सामान्य रुघाखोकीका कारण हुन्। बार्लो भन्छन्, ‘तपाईले आफूलाई त्यो भाइरसको सम्पर्कबाट बच्नको लागि गर्न सक्ने कुनै पनि कुराले यसलाई समात्ने सम्भावना कम गर्नेछ।’ उनी भन्छन्, धेरै स्वास्थ्य एजेन्सीहरूले मानिसहरूलाई साबुन र पानीले बारम्बार हात धुन, फोहोर हातले नाक, आँखा र मुख नछुन र बिरामी भएका व्यक्तिहरूबाट टाढा रहन सल्लाह दिन्छन्।
४) बच्चाहरूबाट टाढा रहनुहोस् – यदि सक्नुहुन्छ भने
—युनिभर्सिटी अफ क्विन्सल्याण्डका प्राइमरी केयर र सामान्य अभ्यासका प्रमुख प्रोफेसर मिके भ्यान ड्रिएल भन्छन्, ‘बच्चाहरूलाई युवाको तुलनामा धेरै रुघाखोकी लाग्छ किनभने उनीहरूको प्रतिरक्षा प्रणाली अझै विकास भइरहेको हुन्छ।’ “साना बालबालिकाका अभिभावकहरू बच्चाहरूसँग धेरै सम्पर्क नगर्ने मानिसहरूको तुलनामा उच्च जोखिममा हुन्छन्। त्यसैले तिनीहरूबाट टाढा रहनु यसबाट बच्चे राम्रो उपाय हो।
५) यदि तपाईं बिरामी हुनुहुन्छ भने अरूलाई सर्न सक्ने कुरामा ख्याल गर्नुहोस्
भ्यान ड्रिएल भन्छन्, ‘यदि तपाई लगातार खोक्दै हुनुहुन्छ वा हाच्छिउँ गर्नुहुन्छ भने सकेसम्म अरू मानिसहरूको वरिपरि नबस्नु नै राम्रो विचार हो।’
६) एन्टिबायोटिकले काम गर्दैन
—केही समयअघिको एक अध्ययनमा भ्यान ड्रिल र उनका सहकर्मीहरूले नाकसम्बन्धी रोगका लक्षणहरूमा सहयोग गर्ने कुनै उपायहरू छन् कि छैनन् भनेर अध्ययन गरेका थिए। धेरै लोकप्रिय उपचारहरू महँगो भने हुन सक्छन्। भ्यान ड्रिल भन्छन्, “तपाईले तातो पेय पदार्थ, वा तातो कागती र अलिकति मह पनि लिन सक्नुहुन्छ।’’ उनी थप्छन्, एन्टिबायोटिकहरू पनि छन् जसले वास्तवमा काम गर्दैनन्।
७) आत्मविश्वास हुनुपर्छ
भ्यान ड्रिल भन्छन्, ‘स्वस्थ व्यक्तिको प्रतिरक्षा प्रणाली चिसो र धेरैजसो भाइरसहरूसँग लड्न पूर्ण रूपमा सक्षम हुन्छ।’ ‘चिसो भाइरस एक सौम्य, आत्म–सीमित रोग हो। उनी थप्छन् कि हामीसँग रोगहरूसँग लड्नका लागि हाम्रो शरीरमा आत्मविश्वास हुनुपर्छ।




लेखकको सम्वन्धमा