नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुर च्याम्पियन
काठमाडौं । रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो । ३७औँ मिनेटमा आफिज...



